Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दिल्लीमा सार्बजनिक स्थानमा मास्क नलगाउनेलाई दुई हजार जरीवाना 

दिल्लीमा सार्बजनिक स्थानमा मास्क नलगाउनेलाई दुई हजार जरीवाना 

एजेन्सी

४, मंसिर २०७७
दिल्लीमा सार्बजनिक स्थानमा मास्क नलगाउनेलाई दुई हजार जरीवाना 
images

भारतको दिल्ली सरकारले आज देखि सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरीवाना गरिने बताएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताउनुभयो। 
सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना सङ्क्रमणमा ठूलो कमी आउन सक्ने उहाँको भनाइ छ। केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गर्नुभयो। उहाँले आज दिल्लीमा कोरोना सङ्क्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाउनुभएको थियो। केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिनुभयो। 
साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ। केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गर्नुभयो। दिल्लीमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ।

images
images

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १८:३२:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology