Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

images

न्युज कारखाना

११, पौष २०७८
काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना
images

सुरेस परियार, सिमकोट, ११ पुस । सिमकोट गाउँपालिका-७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ ।

लु४त ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका-७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका-७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए ।

उनका अनुसार मानवीय क्ष.त्री भने केही नभएको र ट्याक्टर भने पूर्ण रूपमा क्षति पुगेको बताइएको छ । ट्याक्टर करिब दुई तीन सय मिटर तल पुगेको खबर प्राप्त भएको छ ।

ट्याक्टर चालकको अवस्था भने सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका-३ बरगाउँका नुटुप लामाको रहेको बताइएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७८ आइतवार - १८:०२:१४ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology