Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा संचालित एकता साकोसको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, खुद मुनाफामा १३७ प्रतिशत वृद्वि

आँबुखैरेनीमा संचालित एकता साकोसको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, खुद मुनाफामा १३७ प्रतिशत वृद्वि

इच्छाकामना न्युज

१०, पौष २०७८
आँबुखैरेनीमा संचालित एकता साकोसको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, खुद मुनाफामा १३७ प्रतिशत वृद्वि
images

आँबुखैरेनी, १० पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकामा संचालित एकता बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । माई छिम्केश्वरी पार्टी प्यालेसमा शनिबार सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो । 
आँुबखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बाबुराम देवकोटा सभापतित्वमा सभा सम्पन्न भएको हो ।

images
images

सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०७७।०७८ मा गतवर्ष भन्दा यस आवमा मुनाफामा उल्लेख्य मात्रामा वृद्वि गर्न सफल भएको अध्यक्ष बाबुराम देवकोटाले बताए । प्रतिवेदन अनुसार सहकारीले यस वर्ष झण्डै १३७ प्रतिशत भन्दा बढिले मुनाफामा वृद्वि गर्न सफल भएको छ । 

IMG_9697.jpg

सहकारीले गत वर्ष १३ लाख ३३ हजार २ सय ७३ रुपैयाँ नाफा आर्जन गर्न सफल भएकोमा आव २०७७।०७८ मा ३१ लाख ६६ हजार १ सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

संस्थाको साधारणसभा कार्यक्रममा उत्कृष्ट वचतकर्ता, ऋणी, कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने आँबुखैरेनी १ सत्रसयका मृगौला पिडित अमृत सुनारलाई नगद ५ हजार समेत सहयोग गरिएको थियो ।

IMG_9700.jpg

सभामा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष शर्मिला घलेले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव गोविन्द प्रसाद खनालले गरेका थिए ।

 

images
प्रकाशित मिति :पौष १०, २०७८ शनिवार - १९:४४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology