Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित

‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित

एजेन्सी

७, पौष २०७८
‘आरआरआर’का कारण तीन फिल्मको रिलिज स्थगित
images

फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाे बजेटको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेका छन् । बक्सअफिसमा फिल्मको भीडभाड कम गर्नका लागि निर्माताले यो कदम चालेका हुन् ।

images
images

दक्षिण भारतीय फिल्म उद्योगमा ‘पोंगल त्योहार’को आसपास फिल्म रिलिज गर्ने चलन छ । यही समयमा तीन तेलुगु फिल्म रिलिजको लागि तयारी अवस्थामा थिए । जसमा महेश बाबुको ‘सरकारु वारी पाटा’, दिल राजुको ‘एफ ३’ र चीनाबाबू र पवन कल्याणको ‘भीमला नायक’ थिए । यी तीन फिल्मले तत्कालका लागि रिलिज मिति सारेका छन् ।

निर्देशक राजामौलीले तीन फिल्मको रिलिज मिति सारेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् । ‘पोंगलको अवसरमा फिल्मको भीड कम गर्ने कामको सुरुवात महेश बाबुले गरेका छन् । सरकारी वारी पाटा पोंगलका लागि महत्वपूर्ण फिल्म भए पनि यो फिल्मलाई गर्मी मौसममा लगिएको छ र एक स्वस्थ वातावरण निर्माण गरिएको छ ।

मेरो हिरो र मैत्री मूभी मेकर्सको सम्पूर्ण टिमलाई धन्यवाद । दिल राजु गरु र एफ ३ फिल्मको टिमलाई पनि धन्यवाद । चीना बाबु गरु र पवन कल्याण गरुको भीमल नायाको रिलिज सार्ने निर्णय स्वागतयोग्य हो । टिमलाई शुभकामना’, सामाजिक सञ्जालमा निर्देशक राजामौलीले लेखेका छन् ।

राजामौली हालका दिनमा ‘आरआरआर’को प्रमोसनमा व्यस्त छन् । फिल्ममा राम चरन र एनटीआर जुनियर प्रमुख भूमिकामा छन् । यीबाहेक अजय देवगन र आलिया भट्टको पनि अभिनय छ । फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ प्रदर्शनको करिब चार वर्षपछि राजामौलीको फिल्म आउन लागेको हो ।

images
प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०८:२७:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology