Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक

चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक

images
चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसमा परीक्षार्थीले कुटे शिक्षक
images

काठमाडौं, ६ पुस । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।

क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् ।  पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । 'मेरो आँखै अगाडि घटना भयो,' उनले भने ।

उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।  

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १३:०४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology