Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जनपथ नमुना माबीमा एक दिने साईबर सेक्युरिटी सम्बन्धि तालिम सम्पन्न 

जनपथ नमुना माबीमा एक दिने साईबर सेक्युरिटी सम्बन्धि तालिम सम्पन्न 

images
जनपथ नमुना माबीमा एक दिने साईबर सेक्युरिटी सम्बन्धि तालिम सम्पन्न 
images

काठमाडौं, ६ पुस । समृद्ध नेपालका लागि सूचना प्रविधि मिडिया अभियान अन्तर्गत सोमबार कलङ्की स्थित जनपथ नमुना माध्यामिक बिध्यालयमा एक दिने साईबर सेक्युरिटी सम्बधी तालिम सम्पन्न भएको छ । जनपथ माबिमा अध्यानरत बिध्यार्थी हरुलाई प्रोफेसर डाक्टर रामहरी सुबेदीले प्रशिक्षण दिनु भएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत विकसित मुलुकहरुले मारेको फड्को र आर्थिक सम्वृद्धिको कुरालाई मनन गरेर यस आइसिटी पत्रकार विकास मञ्च ले सम्वृद्ध नेपालका लागि सूचना प्रविधि अभियान सञ्चालन गरिरहेको यहाहरु सबैलाई सर्बबिदितै छ । 

कार्यक्रम पस्चात हेर्दा न्युनतम आधारभुत भए पनि दैनिक जनजिबिका सङ महत्व राख्ने साईबर सेक्युरिटी र सुचना प्रबिधिको बिकास सम्बन्धि कार्यक्रम बिध्यालय मा गर्न पाउँदा धेरै कुराको जनकारी आम बिध्यार्थी तथा आफू हरुलाई समेत भएको बिध्यालयका प्रअ जीत बहादुर लामिछानेले बताउनु भयो । 

269006526_305976854779632_5248510293685291200_n.jpg

त्यस्तै श्रोत ब्यक्ती रामहरी सुबेदीले   सूचना प्रविधि बिना अब विकासको कल्पना नै गर्न नसकिने बताउदै  सूचना प्रविधिलाई राज्यले किन र कसरी सम्बोधन गर्नुपर्दछ भन्ने कुरालाई राजनीतिक तह र तप्काबाटै प्रशिक्षित गराई नीतिगत तहमा सम्बोधन गरिनुपर्दछ भन्ने कुरालाई आम सञ्चार माध्यममार्फत बुलन्द पार्ने उद्देश्यअनुरुप अगाडी लैजानु पर्ने जोड दिनु भयो । यो अभियान सञ्चालन गरिरहेको आईसीटी पत्रकार बिकास मन्चलाई समेत वहाले धन्यवाद दिनु भयो । 

निरन्तर रुपमा सन्चालन भै रहेको यस अभियानमा स्वदेश तथा विदेशमा रहेका आइसिटी क्षेत्रका विज्ञ एवं अनुभवी व्यक्तित्वहरुबाट राज्यले नीतिगत तहमा सूचना प्रविधिको प्रयोगलाई कसरी सम्बोधन गर्ने विषयवस्तुको प्रस्तुतीकरणका रहनेछ । जसबाट नेपाल सरकारको सम्वृद्ध नेपालको नारालाई मूर्त रुप दिन विशेष सहयोग पुग्ने अपेक्षा संस्थाले गरेको सस्थाका सस्थापक अध्यक्ष भरत राज उप्रेतीले जानकारी दिनु भएको छ  ।

प्रा. डा रामहरी सुवेदीको संक्षिप्त प्रोफाइल

डा. सुवेदी हाल अमेरिकाको ईसीपीआई युनिभर्सिटीमा साइबर सेक्युरिटीमा मास्टर अफ साइन्समा अध्यापन गराइरहनुभएको छ । डा सुवेदीको ७ वर्ष नासामा सिस्टम इन्जिनियरको रूपमा अन्तरिक्ष उपग्रह र पृथ्वी विज्ञान मिसन कार्यक्रमहरूलाई समर्थन गरेको अनुभव छ।

269518760_1113804832704506_1375683064758569779_n.jpg

डा. सुवेदीले २००९ मा नासा बाट एक असाधारण नेतृत्व र प्राविधिक योगदान पुरस्कार प्राप्त गरिसक्नुभएको छ। उहाँ वाशिंगटन डीसीमा रहेको एक धेरै लोकप्रिय वेबसाइट डिसी नेपाल का संस्थापक समेत हुनुहुन्छ। विगत ५ वर्षदेखि डा. सुवेदी र उनको टिमले नेपालमा साइबर सुरक्षा, प्रविधिमा सरकारी लगानी र आईटीमा उच्च पारिश्रमिकको रोजगारी सिर्जना गर्ने विषयमा प्रशिक्षात्मक तालिमहरु नेपालका बिभिन्न निकायहरु ९नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी प्रमुख तथा अधिकृतहरु, कलेज तथा सरकारी बिद्यालयहरु, बैंक तथा बित्तिय संस्थाहरु० मा निःशुल्क प्रदान गर्दै आइरहनुभएको छ ।

नेपालमा विभिन्न क्षेत्रका ५ लाखभन्दा बढी सहभागीले कार्यक्रमबाट लाभान्वित भएका छन् । प्रा डा सुवेदीको प्रस्तुतिमा नेपालजस्ता विकासोन्मुख देशलाई प्रविधिमा लगानी गरेर कसरी फाइदा लिन सकिन्छ र नेपालले नयाँ पुस्तालाई अन्य देशमा पलायन हुनबाट कसरी रोक्न सकिन्छ भन्ने कुरा पनि समेटेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७८ मंगलवार - १०:४५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology