Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लालपुर्जा माग्दै चितवनको बादरझुलाबासीद्वारा काठमाण्डौमा प्रदर्शन

लालपुर्जा माग्दै चितवनको बादरझुलाबासीद्वारा काठमाण्डौमा प्रदर्शन

images
लालपुर्जा माग्दै चितवनको बादरझुलाबासीद्वारा काठमाण्डौमा प्रदर्शन
images

चितवन, ४ पुस । लालपूर्जा पाउनुपर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं गएर प्रदर्शन गरेका छन् ।

लामोसमयदेखि लालपूर्जा पाउन नसकेपछि उनीहरु लालपूर्जाको माग गर्दै पुसको ठण्डीमा काठमाडौँ पुगेर प्रदर्शनमा उत्रिएका हुन् ।

लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै गएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताए ।

बाँदरझुला सुकुमबासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै ?, लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म ¥याली गरेका थिए ।

आफूहरुको माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताए । २०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुमबासी नागरिकहरु बाँदरझुलामा बस्दै आए पनि सरकारले सुकुमबासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै गएर प्रदर्शनमा उत्रिनु परेको उनको भनाइ छ ।

लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनको गुनासो छ ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २१:२१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology