Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

images
हिमालयन शेर्पाको पहिलो जित
images

काठमाडौं, ३ पुस । सहिद स्मारक 'ए' डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध ३-१ को जित निकाल्दै पहिलो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एक मात्रै खेलमा शेर्पाको जितमा विदेशी खेलाडी मुतम्बा पिस्टोन, सुरेश कुमाल र मनिष थापाले एक/एक गोल गरे । बीबीसीका  लागि भुवन बस्नेतले सान्त्वना गोल गरे । 

हिमालयन शेर्पाका मिडफिल्डर मुतम्बा पिस्टोनिले पाँचौं मिनेटमा अग्रता बनाए । ५३औं  मिनेटमा बिग्रेडका भुवन बस्नेतको गोल  बराबरी गोल गरे । ७५औं  मिनेटमा सुरेश कुमालले हिमालयन शेर्पाको अग्रता दोब्बर पारे । खेलको इन्जुरी समयमा गोल गर्दै ३-१ को जित दिलाए ।  

जितसँगै हिमालयन शेर्पाले पाँच खेलबाट पाँच अंक जोड्यो । समान पाँच खेलबाट बीबीसीले पाँच अंक जोडेको छ ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २०:०९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology