Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

टिममा सबैका लागि ढोका खुला छ : सन्दीप लामिछाने

टिममा सबैका लागि ढोका खुला छ : सन्दीप लामिछाने

images
टिममा सबैका लागि ढोका खुला छ : सन्दीप लामिछाने
images

काठमाडौं, ४ पुस । ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्ताको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट विवादमा फसेको छ । 

मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ । 
यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । 

उनले नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित भएको उल्लेख गरेका छन् र आफूलाई नि: शर्त समर्थनका कृतज्ञता ज्ञापन गरेको जानकारी दिए । 

‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु ।’

खेलाडी बर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका मल्ललाई हटाएर लामिछानेलाई कप्तान नियुक्त गरिएको थियो भने दीपेन्द्रसिंह ऐरीको उपकप्तान पद पनि खोसेको थियो। उपकप्तानको जिम्मेवारी भने कसलाई पनि दिइएको छैन ।

ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिना सम्मका लागि कारबाही स्वरुप सम्झौताबापत प्राप्त हुने तलब नदिने पनि क्यानले निर्णय गरेको छ ।

क्यानले मल्ललाई राष्ट्रिय टोलीको कप्तान र दीपेन्द्रसिंहलाई उपकप्तानबाट हटाएपछि अन्य खेलाडीहरुले सामाजिक सञ्जालमार्फत सांकेतिक विरोध जनाइरहेका छन् । कारबाहीमा परेका खेलाडी लगायतले नेपाली क्रिकेट नै छाड्न सक्ने आकल भइरहेको बेला सन्दीपले भने सबैलाई टिममा ढोका खुला रहेन बताएका छन् ।

‘टोलीका रूपमा हाम्रो योजना सरल रहनेछ। नेपाललाई क्रिकेट विश्वको नक्सामा प्रभावकारी रूपमा राख्ने,’ उनले लेखेका छन्,‘यो हुनको लागि, हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं । यस टिममा ढोका सबैका लागि खुला रहनेछ ।’

यसअघि कारबाहीमा परेका खेलाडीहरुले पत्रकार सम्मेलन गर्दै बर्गीकरणमा सुधार गरेर छलफलबाट समस्या समाधान गर्न सकिने बताएका थिए । 

खेलकुदमन्त्री सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यस बारे चासो राखेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले पनि क्यान अध्यक्षलाई फोन गरेर चासो राखेका थिए ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २०:०७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology