Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

खेलाडी र खेल पत्रकार सम्मानित

खेलाडी र खेल पत्रकार सम्मानित

images
खेलाडी र खेल पत्रकार सम्मानित
images

काठमाडौं, ३ पुस । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ ।

उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही एक लाखसहित प्रशंसा पत्र प्राप्त गरे ।

प्रशिक्षकमा तेक्वान्दोबाट नुवाकोटकी संगिना वैद्य र काठमाडौंका नोर्बु लामा सम्मानित भए । दुवैले समान अंक हासिल गरेकाले जनही ५० हजार नगदसहित प्रशंसा पत्र पाए । निर्णायकमा काठमाडौंका अशोक खड्का सम्मानित  भए । तेक्वान्दोका उनलाई १ लाख नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।

सोही अवसरमा ९ खेल पत्रकारलाई सम्मान गरिएको थियो । खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौंका हिमेशरत्न वज्रचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले ५० हजार नगदसहित प्रशंसा पत्र प्राप्त   गरे ।

पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सन्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) जनही २५ हजार र प्रशंसा पत्रबाट सम्मानित भए ।

पत्रकारिता प्रोत्साह पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश २ का वसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), बाग्मती प्रदेशका कुशल तिम्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । सातैलाई समान २५–२५ हजार नगदसहित प्रशंसा पत्रबाट पुरस्कृत गरियो ।

उनीहरूलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सह–सचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १९:५७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology