Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन सर्लाहीमा अन्तरक्रिया कार्यक्रम

फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन सर्लाहीमा अन्तरक्रिया कार्यक्रम

फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन सर्लाहीमा अन्तरक्रिया कार्यक्रम

सर्लाही, ३ पुस । सर्लाहीमा फौजदारी न्याय प्रणालीलाई सरल, सहज र चुस्त बनाउन न्याय निरोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा सर्लाही जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

images

नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरु, सरकारी वकिल, जिल्ला अदालत सर्लाहीका प्रतिनिधिहरुको समन्वयमा भएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको अध्यक्षता तथा सर्लाही जिल्ला अदालतमा जिल्ला न्यायधिश दुर्गा बहादुर ढुगेंलको प्रमुख आतिथ्यतामा  कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। 

न्यायधिशहरु, जिल्ला सरकारी वकील कार्यालय सर्लाहीका जिल्ला न्यायधिवक्ता र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरीप्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले कार्यक्रमको सहजीकरण गर्नु भएको आयोजकले जनाएको छ । कार्यक्रम सर्लाहीको हरिपुरमा आज सम्पन्न भएको हो ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १९:२९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology