Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ

लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ

images
लमजुङमा नगदसहित आठ जुवाडे पक्राउ
images

लमजुङ, ३ पुस । जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका-७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार दुई सय ५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १८:०२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology