Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान

images
वैदेशिक रोजगारबाट फर्किएर गाउँमा स्वरोजगार बनेकालाई सम्मान
images

खोटाङ, ३ पुस । वैदेसिक रोजगारबाट फर्किएर गाउँमै स्वरोजगार बनेका खोटाङका पाँच जनालाई सम्मान गरिएको छ । विभिन्न देशमा गरेको काम र सिकेको सीपलाई गाउँमा उपयोग गर्दै स्वरोजगार बनेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दुर्गाबहादुर राई, कासकुमार राई, भोजकुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका रोशन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका दिपेन्द्र उदास/दिलीप शाक्यलाई सम्मान गरिएको हो । 

अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ को अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई शनिबार जनही १५ हजार रुपैयाँका साथमा ५-५  हजारको ड्रिल र ग्रेन्डर प्रदान गरेको हो । उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल र उपमेयर वीणादेवी राईले चेक तथा सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।

वैदेसिक रोजगारको क्रममा आर्जन गरेको सिपलाई स्वदेश फर्किएर निरन्तरता दिँदै स्वरोजगार बनेर उदाहरणीय काम गरेकाेमा प्रोत्साहन स्वरुप सम्मान गरिएको वाल सेजा समाज नेपाल अन्तर्गतको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।  

दुवई र कतारमा आठ वर्ष बसेर फर्किएका दुर्गाबहादुरले इलेक्ट्रिसयन र प्लम्विङको काम गरिरहेका छन् । यस्तै, मलेसियामा तीन वर्ष र साउदी अरबमा १२ वर्ष विताएका रोशनले रोशन ग्रिल उद्योग सञ्चालन गरीरहेका छन् । मलेसियाबाट फर्किएका कासकुमारले प्लम्बिङ र मेसनको काम गर्दैआएका छन् ।

मलेशियाबाट फर्किएका दिपेन्द्र/दिलीपले गाउँमा बंगुर फर्म सञ्चालन गरिरहेका छन् । कतार र साउदीमा पाँच वर्ष बिताएका भोजकुमार गाउँमा इलेक्ट्रिसियन र प्लम्बिङको काम गर्दै स्वरोजगार बनेका छन् । 

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १७:२८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology