Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घरेलु मैदानको जितसँगै मनाङलाई दुई अंकको अग्रता

घरेलु मैदानको जितसँगै मनाङलाई दुई अंकको अग्रता

images
घरेलु मैदानको जितसँगै मनाङलाई दुई अंकको अग्रता
images

काठमाडौं , ३ पुस । घरेलु मैदानको फाइदा उठाउँदै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशालामा कप्तान अन्जन विष्टकाे २ तथा वैकल्पिक खेलाडी  निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३-१ अन्तरले हराएको हो । 

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि रोकिएको मनाङ दोस्रो हाफमा पुलिसविरुद्द दुई गोल गर्न सफल भयो । खेलमा पहिलो गोल अन्जनले गरे । डिफेन्डर दिनेश राजवंशीको लामो पासमा पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिसन रहदा बल पाएका अन्जनले  खाली पोष्टमा सहज गोल गरे ।

३५औँ मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन् ।

७३औँ मिनेटमा अञ्जनले फ्रि-किकमार्फत दोस्रो गोल गर्दै पुन: अग्रता दिलाए । पुलिसका डिफेन्डर सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रि-किक पाएको थियो ।

अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो । खेलको ८३ मिनेटमा मनाङले ३-१ को अग्रता बनायो । वैकल्पिक खेलाडी निशान लिम्बूले पनि गोल गरे । ओलावालेको प्रहार गोलरक्षक रोशनले पन्च गरेको रिबाउण्डमा निशानले गोल गरेका थिए । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगलाई मोफसलमा लगेको हो । घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११  अंक छ । पराजित पुलिसको पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - १७:१९:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology