Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यी ६७ वटा देशबाट नेपाल आउँदा ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

यी ६७ वटा देशबाट नेपाल आउँदा ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

images
यी ६७ वटा देशबाट नेपाल आउँदा ७ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
images

काठमाडौं, ३ पुस । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।

जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि विमानस्थलले आग्रह गरेको छ । मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :पौष ३, २०७८ शनिवार - ०८:३९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology