Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शेखर कोइरालाले भने- म पराजित भए पनि हामी भने विजयी भएका छौँ

शेखर कोइरालाले भने- म पराजित भए पनि हामी भने विजयी भएका छौँ

इच्छाकामना न्युज

२९, मंसिर २०७८
शेखर कोइरालाले भने- म पराजित भए पनि हामी भने विजयी भएका छौँ
images

अश्विन दानी, काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर प्रसाद कोइरालाले आफू पराजित भए पनि आफ्ने टिमले विजयी हासिल गरेको बताएका छन् । 

images
images

कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाली कांग्रेसका तपाइँ जस्ता साथीहरू, लोकतन्त्र प्रेमी नेपाली, कांग्रेसलाई माया गर्ने साथीहरू र आम जनताले हामीले लिएको कदम र  हाम्रो टिमले लिएको कदमको विजय उहाँहरूले सोच्नुभएको छ । त्यसकारण पनि हामी विजयी भएका छौँ ।’

dhanaraj-1-.jpg-1.jpg

आफू सभापति पदमा पराजित हुनुलाई स्वभाविक रूपमा लिएको उनले प्रष्टाए । उनले भने, ‘म पाजित भएँ, निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ, त्यो स्वाभाविक नै हो । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । कुनै कुन्ठा बोकेको छैन् ।  कसले के गर्‍याे ? कसो गर्‍याे ? किन गर्‍याे ?  भन्ने कुरा पनि मेरो मनमा छैन ।’  

निर्वाचित भइसकेपछि पनि देउवाले आफ्नो कार्यशैली नसुधारे आफ्नो टिम सशक्त रूपमा प्रस्तुत हुने उनले चेतावनी दिए । ‘जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसावले चल्यो त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’, उनले भने । 

कांग्रेस भित्र युवा पुस्तालाई आफ्नो टिमले अवसरको ढोका खोलिदिएको उनले दाबी गरे । ‘हाम्रो राजनीतिक मुद्दा र एजेण्डा स्थापित भएको छ । त्यसकारण  म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ भन्नेमा ढुक्क छु’, उनले भने ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १९:०२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology