Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अवैध सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ

अवैध सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ

images

इच्छाकामना न्युज

२९, मंसिर २०७८
अवैध सुनसहित पाँच जना बंगलादेशी नागरिक पक्राउ
images

काठमाडौं, २९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको एक हजार तीन सय ११ ग्राम सुनकाे बिस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरासहित पाँच जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको सुन फेला परेको हो ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नगरिकहरू राहदानी नम्बर ए०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनवीर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडी युनुस अली, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए००१००८८५ बाहक २५ वर्षीय जाहिदुल इस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडी मिराजुल इस्लाम रहेका छन् । 

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट एक सय ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १८:३०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology