चितवन, २८ मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट मंसिर २५ गते नियन्त्रणमा लिएको हो भने दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट मंसिर २० गते नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले बताए ।