Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कारको गुनासोपछि अलिबाबाले हटायो महिला कर्मचारी, कम्पनीको छवि विगारेको पीडितमाथि आरोप

बलात्कारको गुनासोपछि अलिबाबाले हटायो महिला कर्मचारी, कम्पनीको छवि विगारेको पीडितमाथि आरोप

एजेन्सी

२७, मंसिर २०७८
बलात्कारको गुनासोपछि अलिबाबाले हटायो महिला कर्मचारी, कम्पनीको छवि विगारेको पीडितमाथि आरोप
images

चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले यौन दुर्व्यवहारकाे गुनाासो गर्ने एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । कम्पनीका एक सहकर्मी र क्लाइन्टले आफूमाथि यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाउँदै आएकी थिइन् । महिला कर्मचारीले गतल प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निस्काशन गरिएकाे महिलालाई थमाइएकाे एउटा पत्रमा उल्लेख छ ।

images
images

आफूमाथि  दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यलयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् । 

आरोपपछि सहकर्मीलाई पनि पदमुक्त गरिएको थियो । तर, उनीमाथिको अपराधिक मुद्दा भने स्थगित गरिएको थियो । 

चौतर्फी प्रचार गरिएको यस घटनाले चीनमा कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाका घटना उजागर गरेको छ । उनलाई गत महिना पदमुक्त गरिएको र त्यसको पुष्टि  कम्पनीका मालिकले गरेको  चीनकाे दाहे दैनिकले जनाएको छ । उनलाई निस्काशन गर्दा थमाईको पत्रसमेत सो पत्रिकाले प्रकाशन गरेको छ । ‘घटनाले समाजमा गम्भीर चासो बढेको र कम्पनीको ख्याती घटाएको छ,’ पत्रमा भनिएको छ । 

तर, महिलाले आफ्नो तर्फबाट कुनै गल्ती नभएको दाबी गरेकी छिन् । ‘मैले कुनै पनि गल्ती गरेकी छैन् । ममाथि कम्पनीले गरेको व्यवहार मेरा लागि स्वीकार्य छैन ।,’ महिलाले भनेकी छिन् । आगामी दिनमा कम्पनीविरुद्ध कानुनी कदम चाल्ने पनि ती महिलाले बताएकी छिन् । 

महिलाले लगाएको आरोपलाई समेत साे दैनिकले प्रकाशित छ, जसभित्र आफूमाथि दुर्व्यवहार भएको घटना उल्लेख गरेकी छिन् । ‘पियक्कड रात’ पछि आफू अचेत भएको र होटलको एउटा कोठामा सहकर्मीले बलत्कार गरेको  उनले बताएकी छिन् । २७ जुलाईमा आफूलाई चुम्बन गरेको र भोलिपल्ट व्यूँझदा आफूलाई निवस्त्र पाएको उनले उल्लेख गरेकी छिन् । बलात्कार गर्ने व्यक्ति कम्पनीको माथिल्लो पदमा काम गर्ने उनले बताएकी छिन् । 

अर्का आरोपित क्लाईन्टलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - ०८:५७:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology