Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ

अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ

images

न्युज कारखाना

२६, मंसिर २०७८
अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ
images

कल्पना बोहरा, मंसिर, २६ अछाम । अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले दिएको किटानी जाहेरीको आधारमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

मंगलसैन नगरपालिका-११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृत फेला परेकी थिइन् । मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् । 

भण्डारी शव शनिबार भेटिएको थियो । शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - २२:०१:२९ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology