Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लुम्बिनीमा पाँच कराेडकाे रामजानकी हनुमान मन्दिर बन्दै

लुम्बिनीमा पाँच कराेडकाे रामजानकी हनुमान मन्दिर बन्दै

इच्छाकामना न्युज

२४, मंसिर २०७८
लुम्बिनीमा पाँच कराेडकाे रामजानकी हनुमान मन्दिर बन्दै
images

बुटवल, २४ मंसिर । लुम्बिनीमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित भगवानपुर (खुनगाई) मा  पाँच करोड रुपैयाँकाे लागतमा रामजानकी हनुमान मन्दिरको निर्माण थालिएको छ । विवाह पञ्चमीको अवसर पारेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  शिलान्यास गरे ।

images
images

धर्म संस्कृतिको संरक्षण र संम्वर्द्धनका लागि रामजानकी हनुमान मन्दिर निर्माण गर्न लागिएको मेयर मनमोहन चौधरीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इञ्जिनियर राजेश कोहारले एक बिघा एक धुर क्षेत्रफलमा मन्दिर बन्ने बताए । उनका अनुसार रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल मन्दिर निर्माण हुनेछन् । 

दुई हजार वर्गफिटमा बन्ने मन्दिर आकर्षक डिजाइनमा तयार हुने पनि कोहांरले बताए । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ ।

बाबुल लुम्बिनी सांस्कृतिक एशोसिएट प्रालिले उक्त मन्दिर निर्माणका लागि १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - ०९:४६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology