Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

साफ खेल्ने यु-१९ महिला टोलीकाे बिदाइ

साफ खेल्ने यु-१९ महिला टोलीकाे बिदाइ

images

इच्छाकामना न्युज

२०, मंसिर २०७८
साफ खेल्ने यु-१९ महिला टोलीकाे बिदाइ
images

काठमाडौं, २० मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार साफ यु-१९ महिला च्याम्पियनसीप खेल्न जाने २३ सदस्यीय नेपाली महिला टोलीलाई बिदाइ गरेको छ । बंगलादेशको ढाकामा शनिबारदेखि सुरु हुने प्रतियोगिताका लागि टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्दैछ ।

सिगल राउन्ड रोविन पद्दतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहने छ । नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो खेलमा २९ गते श्रीलंका, पुस दुईमा भुटान र चारमा भारतको सामना गर्नेछ । 

लिगका शीर्ष दुई टोली सात पुसमा उपाधिका लागि भिड्ने छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित बिदाइ कार्यक्रममा राष्ट्रिय  खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का, उपेन्द्रमान सिंह, पेमा लामा, हरि खड्कालगायतका उपस्थित थिए । 

एन्फाले पहिलो चरणमा बोलाएको ४० खेलाडीबाट प्रशिक्षक हरिओम श्रेष्ठको नेतृत्वमा गत शुक्रबार अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । छनोट भएको टोलीमा राष्ट्रिय टोलीका गोलरक्षक अन्जना राना मगर, रक्षक विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकरसहित ६ खेलाडी समावेश छन् । 

यस्तै रक्षक रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८ साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाल साफको साविक उपबिजेता समेत हो ।  नेपालबाट निर्णायकको भूमिकाका लागि रेफ्रीद्वय अन्जना राई र बिना श्रेष्ठलाई समेत एन्फाले बिदाइ गरेकाे छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १९:३१:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology