Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटन गर्ने

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटन गर्ने

images

इच्छाकामना न्युज

१८, मंसिर २०७८
प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन आजदेखि चितवनमा सुरु हुदैँ, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटन गर्ने
images

चितवन, १८ मंसिर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन आजदेखी सुरु हुने भएको छ । चितवनमा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आज र भोली दुई दिन सम्म चल्ने सम्मेलनमा सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् ।

यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उहाँले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी हुन हिजो शुक्रबार नै प्रतिनिधिहरु चितवन आइपुगेका छन् ।

राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १८, २०७८ शनिवार - ०८:३६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology