Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज मिति २०७८ मंसिर १८ गते शनिबार, राशिफल अनुसार यस्तो छ तपाईको आजको दिन

आज मिति २०७८ मंसिर १८ गते शनिबार, राशिफल अनुसार यस्तो छ तपाईको आजको दिन

images

इच्छाकामना न्युज

१८, मंसिर २०७८
आज मिति २०७८ मंसिर १८ गते शनिबार, राशिफल अनुसार यस्तो छ तपाईको आजको दिन
images

आजको पात्रो : आज १८ मंसिर । ४ डिसेम्बर २०२१ । मार्गशीर्ष कृष्णपक्षको औँशी । अनुराधा नक्षत्र, सुर्कमा योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान ९ः१८ मिनेटबाट राहुकाल सुरु हुनेछ भने १०ः३६ सम्म रहने छ । त्यसैगरी ११ः३४ देखि अभिजित मुहूर्त शुरु हुनेछ १२ सम्म सम्म रहनेछ । राहुकाल भएको समयमा सकेसम्म शुभकाम नगर्नुहोला । अभिजित मुहूर्त भएको समयमा शुभ काम गर्न सकिन्छ । देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ ।

आज सूर्योदय बिहान ६ः४१ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ । औँशी तिथिका चन्द्रमा प्रकाशहीन हुन्छ । त्यसैले आजको दिन नकारात्मक शक्तिको प्रभाव भइरहन्छ । औँशीको दिन राम्रा कामको शुरुवातका लागि साइत दिने गरेको हुँदैन ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन व्यापारव्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारका साथ सहयोगले  तपाईँको योजना सफल हुनेछ । आजको यात्राबाट तपाईँलाई फाइदा हुनसक्छ । त्यसैले यात्राको लागि सूर्योदयपछि मात्र निस्कनु बेस हुनेछ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । व्यापार फाइदा नहुँदा पनि निरास हुनु पर्नेछ ।  सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ ।

आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । विवाद गर्दा हानीमात्र हुनेछ ।     

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ ।  दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम सुरु नगर्नुहोला । मित्र र आफन्तजनसँगको भेटबाट तपाईँलाई आर्थिक लाभ समेत हुनसक्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईँको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईँकाे मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।    

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  आजको दिन तपाईँको यात्रा  कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा सोच विचार गर्नु उत्तम होला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  यात्राको अवसर र सम्भावना पनि छ । चन्द्रमाको साथ छ । औँशी तिथि परे पनि तपाईँका लागि केही फाइदा हुने दिन छ ।  यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ ।  आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईँलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नै तपाईँलाई सकारात्मक उर्जा मिल्नेछ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन देवालय र शिवालयको यात्राले  तपाईँलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईँका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । परिवारका सदस्यहरुसँग समय विताउनु होला । घरको काममा ध्यान दिनु भयो भने परिवारमा खुसियाली छाउनेछ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७८ शनिवार - ०८:१०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology