Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा

महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा

images

इच्छाकामना न्युज

१६, मंसिर २०७८
महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा
images

काठमाडौं, १६ मंसिर । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हाे ।  

प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टाेली नेपाल आर्मीले पनि सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जानकारी दिए ।  

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । 

गत वर्ष माघमा सुदूरपश्चिमकाे महेन्द्रनगरमा भएको तेस्रो संस्करणको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको थियो । 

प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - ०९:०९:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology