Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

हेटौंडामा आजबाट नेपाली कांग्रेस बागमतिको प्रदेश अधिवेशन सुरु हुँदै

हेटौंडामा आजबाट नेपाली कांग्रेस बागमतिको प्रदेश अधिवेशन सुरु हुँदै

images

इच्छाकामना न्युज

१६, मंसिर २०७८
हेटौंडामा आजबाट नेपाली कांग्रेस बागमतिको प्रदेश अधिवेशन सुरु हुँदै
images

हेटौंडा, १६ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । आज दिउँसो २ बजे हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको मैदानमा कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्दैछन् ।

अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ भने अधिवेशन उद्घाटनपूर्व हेटौंडाको बुद्धचोकबाट करिब १० हजार जना नेता कार्यकर्तासहितको ¥याली निकालिनेछ । प्रदेशका १३ वटै जिल्लाबाट आउने प्रदेश प्रतिनिधि, केन्द्रीय महाधिवेशन प्रतिनिधि, पदाधिकारीहरु, केन्द्रीय नेतालगायतलाई खाना र आवासको प्रबन्ध मिलाइएको उनले बताए । अधिवेशनको व्यवस्थापनको लागि जिल्लाका नेताहरुलाई संयोजक तोकेर जिम्मेवारी बाँडिएको छ ।

कार्यक्रमको लागि कांग्रेसले प्रहरी सुरक्षाको अतिरिक्त पार्टीकै स्वयम्सेवक पनि खटाउने बताइएको छ । बागमती प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रमको अध्यक्षतामा गर्नको लागि पार्टीले कांग्रेस नेता प्रकाशमान सिंहलाई खटाएको छ ।

अधिवेशनअन्तर्गत आज उद्घाटनसँगै मतदाता नामावली सार्वजनिक गर्ने, भोलि शुक्रबार मनोनयन दर्ता र शनिबार मंसिर १८ गते प्रदेश सभापतिसहित पदाधिकारी र सदस्य चयनको लागि निर्वाचन गर्ने कार्यतालिका रहेको प्रचारप्रसार समितिका संयोजक वुद्ध लामाले जानकारी दिए । अधिवेशनमा कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्दैछन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसीले सभापतिमा उम्मेदवारी दिने बुझिएको छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०७८ बिहिवार - ०९:०८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology