Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मछिन्द्र र आर्मीले अंक बाँडे

मछिन्द्र र आर्मीले अंक बाँडे

images

इच्छाकामना न्युज

१३, मंसिर २०७८
मछिन्द्र र आर्मीले अंक बाँडे
images

काठमाडौं, १३ मंसिर । साबिक सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा गोलरहित बराबर खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा भएको दोस्रो चरणको अन्तिम खेलमा दुवै टोलीले गोल रहित बराबर खेल्दै अंक बाढेका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

दुवै टोलीले खेलमा आक्रामक फुटबल खेले पनि सफल हुन सकेनन् ।  खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङदेम्बे घोषित भए । 

खेलसँगै मछिन्द्रले २ खेलबाट ४ अंक बनाएको छ । यता, लगातार दोस्रो बराबरसँगै आर्मीले दुई खेलबाट २ अंक जोडेको छ ।

दोस्रो चरणको समाप्तिसँगै मनाङ मर्स्याङ्दी क्लब ६ अंक सहित शीर्ष स्थानमा छ । तेस्रो चरणको खेल अब शुक्रबारबाट सुरु हुनेछ ।

images
प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - २०:२९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology