Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्ततः मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट

अन्ततः मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट

images

इच्छाकामना न्युज

११, मंसिर २०७८
अन्ततः मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट
images

काठमाडौं, ११ मंसिर  । मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । उनले शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग औँठी र फूलमाला साटासाट गरेका हुन् ।

घिमिरे कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका थिए । हाल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् ।

पछिल्लो केही महिनायता उनले मंसिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए ।

मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । तर बिहेको मितिबारे भने सार्वजनिक गरेका छैनन् । अरु भन्दा आफू फरक व्यक्ति रहेको बताउँदै आएका मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् ।

उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् ।

images
प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - १९:३७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology