Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

रोहित सम्मिलित पर्सिजा पराजित

रोहित सम्मिलित पर्सिजा पराजित

images

न्युज कारखाना

९, मंसिर २०७८
रोहित सम्मिलित पर्सिजा पराजित
images

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेशियन लिग वानमा पराजित भएको छ । 

बिहीबार साँझ घरेलु मैदान गेरोर बुङ कुर्नाे स्टेडियममा भएको खेलमा पर्सिजा बाली युनाईटेड एफसीसँग १–० अन्तरले पराजित भएको हो । 

बालीलाई सातौं जित दिलाउने क्रममा इलीजा स्पासोजेभिकले निर्णायक गोल गरे । २६ मिनेटमा इलाजाले गरेको गोलमा बालीले महत्त्वपूर्ण तिन अंक जोड्यो । 

खेलमा पर्सिजाले पाएको पेनाल्टी समेत सदुपयोग गर्न नसक्दा सिजनको तेस्रो हार बेहोर्न बाध्य भयो । ९० मिनेटमा पाएको पेनाल्टीलाई क्रोयशियन फरवार्ड मार्काे सिमिकले सदुपयोग गर्न सकेनन् । 

बालीविरुद्ध प्लेईङ सेटमा खेलेका रोहितले ७४ मिनेट मैदानमा बिताएका थिए । 

जितपछि बाली १३ औं चरणको खेल सकिँदा २५ अंक सहित चौथो स्थानमा छ । पराजित पर्सिजा भने खराब प्रदर्शनलाई निरन्तरता दिँदै १८ अंकका साथ नवौं स्थानमा छ । २९ अंक जोडेको भायङकरा एफसी शीर्षस्थानमा छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २०:३६:०० बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology