Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमाले शीर्ष नेताहरूको आवागमनले भरतपुर विमानस्थलमा भिडभाड

एमाले शीर्ष नेताहरूको आवागमनले भरतपुर विमानस्थलमा भिडभाड

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
एमाले शीर्ष नेताहरूको आवागमनले भरतपुर विमानस्थलमा भिडभाड
images

चितवन, ९ मंसिर । भोलिदेखि सुरु हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बिहीबार चितवन आइपुगेका छन् । एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आएका हुन् । 

एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि हवाइयात्रामार्फत चितवन आएका छन् । जस कारण बिहीबार भरतपुर विमानस्थल दिनभरजसो व्यस्त बन्यो । बिहीबार बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा उडान भएको विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिए ।

शीर्ष नेताहरू हवाई यात्रामार्फत आएपछि विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । ‘हिजो अस्तिकै संख्यामा उडान भए पनि जहाज भरिएका थिए । शीर्ष नेताहरू पनि आएकाले उहाँहरूको स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको हो’, विकले भने ।

बिहीबार एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेता हवाइयात्रामार्फत चितवन आएका हुन् ।

एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुगेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आएका छन् । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २०:२९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology