Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गएराति भण्डारामा बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक फरार

गएराति भण्डारामा बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक फरार

इच्छाकामना न्युज

९, मंसिर २०७८
गएराति भण्डारामा बोलेरोको ठक्करबाट एकको मृत्यु, चालक फरार
images

चितवन, ९ मंसिर । चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
images

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटनापछि स्थानीयहरुले केहीबेर सडक अवरुद्ध गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - ०९:२४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology