Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज मिति २०७८ मंसिर ९ गते बिहिबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन

आज मिति २०७८ मंसिर ९ गते बिहिबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन

images

इच्छाकामना न्युज

९, मंसिर २०७८
आज मिति २०७८ मंसिर ९ गते बिहिबार राशिफल अनुसार यस्तो छ तपाईको शुभदिन
images

आज ९ मंसिर, बिहीबार । २५ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष षष्ठी र सप्तमी दुवै तिथि परेको छ। आज सूर्योदय बिहान ६ः३२ मिनेटमा र सूर्यास्त ५ः१० मिनेटमा हुनेछ । पुष्य नक्षत्र, शुक्ल योग, चन्द्रमा कर्कट राशिमा  छ । आज बिहान ११ः३० देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ। अभिजित मुहूर्तमा गरेको काम शुभ हुन्छ भन्ने मान्यता छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईँलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चव्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले तपाईँको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आज यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भूलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुची छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । स्त्रिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईँले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापामा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ ।  कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गागी) : सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।    

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  मनमा अति प्रसन्नता छाउने छ ।आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईँले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :   बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईँले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।  

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - ०८:३७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology