Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै धादिङको युनाईटेड सिमेन्ट उद्योगलाई कारबाही

गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै धादिङको युनाईटेड सिमेन्ट उद्योगलाई कारबाही

images

इच्छाकामना न्युज

६, मंसिर २०७८
गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै धादिङको युनाईटेड सिमेन्ट उद्योगलाई कारबाही
images

धादिङ, ६ मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै धादिङको युनाईटेड सिमेन्ट सहित पाँच वटा सिमेन्ट उद्योगलाई कारबाही गरेको छ ।

सिमेन्टको गुणस्तर परीक्षणका क्रममा तोकेको गुणस्तर अनुसार नरहेको भन्दै विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको हो ।

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ । विभागले बिक्री/वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो । त्यस्तै युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको र यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ ।

साथै जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७८ सोमवार - ०८:२४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology