Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

दिनेशको गोलमा मनाङ विजेता

दिनेशको गोलमा मनाङ विजेता

images

इच्छाकामना न्युज

५, मंसिर २०७८
दिनेशको गोलमा मनाङ विजेता
images

काठमाडौं, ५  मंसिर । डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । 

मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नलबलमा बक्स भित्रबाट हेडिङ गोल गरे । 

पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए । आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । 

बाकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो । 

खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन् । जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो । ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे । 

जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ   । यता, जावलाखेल भने हार बाट प्रतियोगिता सुरु गरेको छ । 

आजनै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।  

ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले  एक गोल गरे ।  एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए । 

सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - २०:०३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology