Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु

सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु

इच्छाकामना न्युज

२, मंसिर २०७८
सडक मर्मत गर्दैगर्दा स्काभेटर दुर्घटना, अपरेटरको मृत्यु
images

दाङ, २ मंसिर । दाङमा सडक मर्मतको क्रममा आज बिहीबार बिहानै स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका-५ मा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही-१० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

images
images

पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा बिहान साढे ४ बजेतिर रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । 

घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७८ बिहिवार - ०८:१०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology