Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी लमजुङकी मनमाया गुरुङले गरिन् आफ्नै घाँटी रेटेर आत्महत्या

वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी लमजुङकी मनमाया गुरुङले गरिन् आफ्नै घाँटी रेटेर आत्महत्या

इच्छाकामना न्युज

२८, कार्तिक २०७८
वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी लमजुङकी मनमाया गुरुङले गरिन् आफ्नै घाँटी रेटेर आत्महत्या
images

कुवेत । वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेकी एक ३२ बर्षिया नेपाली महिलाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् । बेसिशहर नगरपालिका ५ नाल्म लमजुङ घर भएकी मनमाया गुरुङले गत ३ नोभेम्बर (बुधबार) आफ्नै निवासको शौचालय (बाथरुम)मा घाँटी रेटेर आत्महत्या गरेकी हुन् ।

images
images

लामो समयदेखि कुवेतमा कार्यरत मनमायाले शौचालयको ढोका बन्द गरेर आत्महत्या गरेकी थिइन् । सबैजना सुतेको मौका छोपेर रातको करिब ३ बजेको समयमा घटना घटेको हुन सक्ने बताइएको छ ।

बिहान लगभग साढे ४ बजेतिर शौचालयको ढोका नखुलेपछी कोहि पसेको छ भनेर हल्लीखल्ली हुँदा मनमाया नदेखिएको र शौचालयमा कुनै आवाज नआएपछी बाथरुमको भेन्टिलेशनको प्वालबाट चिहाएर हेर्दा उनलाई रगताम्य अवस्थामा लडिरहेको देखेपछि फायर ब्रिगेड र प्रहरीलाइ खबर गरिएको त्यहि फ्लाइटमा बस्ने नेपालीहरुले बताएका छन् ।

मनमायाको शव लगभग साढे ५ बजे फायर ब्रिगेड आएर ढोका फोडेर उठाएको थियो । पछिल्लो समयमा उनी कम्पनिले लामो समयसम्म तलब नदिएको भन्दै भागेर अवैधानिक हैसियतमा काम गरिरहेकी थिइन् ।

घटना सम्बन्धमा सोधपुछ तथा अनुसन्धानका लागि सोही फ्ल्याटमा बस्ने ओम गुरुङलाइ प्रहरीले लगेर गएको र सामान्य सोधपुछ पछि फर्केका छन् । घटना बारे नेपाली दूतावासमा जानकारी आइसकेको र उनको शव छिट्टै नेपाल पठाउन प्रक्रियामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - २१:२१:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology