Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखा धार्चेकी एक महिला १४ किलो ८ सय ग्राम चरेससहित पक्राउ

गोरखा धार्चेकी एक महिला १४ किलो ८ सय ग्राम चरेससहित पक्राउ

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७८
गोरखा धार्चेकी एक महिला १४ किलो ८ सय ग्राम चरेससहित पक्राउ
images

गोरखा, २६ कात्तिक। गारखा धार्चे गाउँपालिकाकी एक महिला १४ किलो ८ सय ग्राम चरेससहित पक्राउ परेकी छन ।
बारपाक–बाह्रकिलो जोडने सडकखण्डअन्तर्गत अजिरकोट गाउँपालिका वडा नं ५ चनौटेबाट अवैध चरेससहित धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए। 
बारपाकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२ नं को बलेरो पिकअपलाई चेकजाँच गर्ने क्रममा अवैध चरेससहित गुरुङलाई पक्राउ गरिएको दाहालले बताए।

उनका अनुसार पहेलो रंगको बोराभित्र प्लास्टिक थैलीमा पोका पोका पारी चरेस लुकाइएको थियो। पक्राउ परेकी गुरुङले आफ्नै जग्गा जमिनमा उब्जिएको लागुऔषध गाँजाबाट आफैँले घरमा चरेसको उत्पादन गरी ल्याएको प्रहरीसँग स्वीकार गरेकी छिन्। गुरुङको घरमा थप खानतलासी गर्दा ४ सय ग्राम चरेस र जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको दाहालले बताए।

पक्राउ परेकी गुरुङलाई लागुऔषध चरेस शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी गोरखा जिल्ला अदालत पठाएको डिएसपी दाहालले जानकारी दिए। घटनामा संलग्नबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।

 

 

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - १६:४१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology