Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

images

एजेन्सी

२६, कार्तिक २०७८
अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय
images

म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ ।  गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो ।

उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ । 

३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - १३:२४:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology