Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पाटनमा कात्तिक नाच अन्तर्गत दोस्राे दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

पाटनमा कात्तिक नाच अन्तर्गत दोस्राे दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

images

इच्छाकामना न्युज

२६, कार्तिक २०७८
पाटनमा कात्तिक नाच अन्तर्गत दोस्राे दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन
images

ललितपुर, २६ कात्तिक । ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो । 

१२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक समितीका अध्यक्ष रविन्द्र चित्रकारले बताए । 

चित्रकारका अनुसार झण्डै ३८० वर्षभन्दाअघि सिद्धिनरसिं मल्लको पालादेखि चल्दै आएको यो ऐतिहासिक नाच २००६ सालसम्म २७ दिन मञ्चन हुन्थ्यो । 
कात्तिक नाच चलाउन आर्थिक अभाव रहेको चित्रकार बताउँछन् ।

कलाकारहरूलाई चित्तबुझ्दो पारिश्रमिक दिन नसक्ने अवस्था रहेको बताउँछन् । २७ दिनसम्म नाच चलाउन कलाकार १५० भन्दा धेरै कलाकार आवश्यक पर्ने हुँदा बजेट अभावमा चलाउन नसकिएको उनको भनाइ छ ।

२००७ सालदेखि २०३७ सालसम्म दुई दिन चलाइएकाे थियो । २०३८ सालबाट २०७१ सालसम्म आठ दिन चलेको थियो । २०७१ सालदेखि २०७६ सालसम्म १२ दिनसम्म मञ्चन गरिएको यो नाच २०७७ सालमा कोरोना महामारीपछि सामाजिक दूरी कायम गरेर दुई दिन मात्र चलाइएको थियो । यो वर्ष भने २४ कात्तिक बुधबारदेखि १ मंसिरसम्म चल्नेछ ।

बुधबार र बिहीबार सुदामा प्याख र बाथः प्याखँ सामाजिक कथामा आधारित नाट्य कथामा आधारित नृत्य प्रस्तुत गरिएका थियो । शुक्रबारबाट हिन्दु धर्ममा आधारित भगवान कृष्णका कथामा आधारित नाट्य नृत्य प्रस्तुत हुनेछन् । तीमध्ये शितज्वर/विष्मज्वर युद्ध, महादेव/कृष्ण युद्ध, भैरव,भैरव कुमारी महालक्ष्मी नृत्य,मधुकैटव बध,हिरण्याक्ष वध,नृसिंह अवतार नृत्यलगायत छन् ।

३८० वर्षअघि सिद्धिनरसिंह मल्लको पालामा गुरु हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा यो नाच चलाइएको किंवदन्ती छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - १३:२१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology