Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

images

इच्छाकामना न्युज

२५, कार्तिक २०७८
मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा
images

काठमाण्डौं,२५ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा ६ विद्यार्थी संगठनले संघर्ष गर्ने भएका छन्।

६ विद्यार्थी संगठनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाएर पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउनेमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियका अध्यक्ष सुदेश पराजुली,जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल,नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका देवेन्द्र कुवर रहेका छन्।

‘नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको तथ्य प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ ६ विदंयार्थी संघले ज्ञापन पत्रमा भनेका छन्, ‘मूल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बहदा वढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक९पटक मुल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन वेद व्यक्त गर्न चाहन्छ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले फिर्ता नलिए कार्तिक २६ गते बिहान ९–११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।

त्यस्तै कार्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखी बिरोध गर्ने र मङ्सिर २ गते २ बजे माइतिघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।

images
प्रकाशित मिति :कार्तिक २५, २०७८ बिहिवार - १६:४८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology