काठमाण्डौं, २४ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो ।
‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले अनलाइनखबरसँग भने ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ ।