Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अन्ततः बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न ५ सदस्यीय समिति गठन

अन्ततः बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न ५ सदस्यीय समिति गठन

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
अन्ततः बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न ५ सदस्यीय समिति गठन
images

काठमाडौँ, २३ कार्तिक । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । “शिक्षक अस्पतालका लागि दुई महिनाको समयअवधि दिइएको छ,” सचिव थपलियाले भने, “उपयुक्त जग्गा व्यवस्थापन हुनेवित्तिकै काम सुरु हुन्छ ।”

समितिले देशका मुख्य सहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । “अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा.विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौँ,” सचिव थपलियाले भने, “काठमाडौँ, चितवनलगायतका सहरमा जग्गा खोज्ने काम हुन्छ ।” शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब ३ लाख बढी शिक्षकहरु लाभाम्बित हुने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक मार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए ।

यस्तै सोमबार मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको विरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ वर्गमिटर क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।

सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरी कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यवासायीक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०९:३७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology