Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

छठपर्वको दोस्रो दिनः आज खराना मनाईदै

छठपर्वको दोस्रो दिनः आज खराना मनाईदै

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
छठपर्वको दोस्रो दिनः आज खराना मनाईदै
images

काठमाडौँ, २३ कार्तिक । सुर्य भगवानको उपासना गरी श्रद्धा, निष्ठा र भक्तिपुर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ते र साँझ सख्खर भएको खिर पकाई केरा, लड्डु, मुला सहितको प्रसाद चढाएर व्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । हिजोदेखि शुरु भएको छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न भइसकेको छ । छठको तेश्रो दिन अस्ताउदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ ।

पर्वमा अर्घ्य दिने पवित्र जलासय किनारमा आकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । छठ मनाउन नदी तलाउका किनारहरुमा सजावट गरी झकिझकाउ बनाइएको छ । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिएको पाइन्छ ।

शुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीहरुले समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने गर्दछन् ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०८:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology