Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजको मौसमः देशभर चिसो बढ्दै

आजको मौसमः देशभर चिसो बढ्दै

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७८
आजको मौसमः देशभर चिसो बढ्दै
images

चितवन, २३ कार्तिक । देशभर चिसो बढ्दै गएको छ । विशेषतः अहिले बिहान र बेलुका बढी मात्रामा चिसो महसुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य डिग्री सेल्सियस पुगेको छ । यसपछि दोलखाको जिरीमा सोमबार न्यूनतम तापक्रम ३ दशमलब ५ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलब २ डिग्री सेल्सियस पुगेको छ । आजको न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे मापन गरिने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार तापक्रम क्रमिक रूपमा घटिरेहको छ ।

‘अहिलेसम्म तापक्रम त्यस्तो ह्वात्तै घटेको छैन’, मंगलबार बिहान उनले भनिन्, ‘नियमित प्रक्रियाअनुसारै तापक्रम घटिरहेको छ, ह्वात्तै घटाउने खोलको सिस्टम आइसकेको छैन ।’ उनका अनुसार अहिले ‘पोस्ट मनसुन’ सिजन हो, विन्टर अर्थात् हिउँद सुरु भइसकेको छैन ।

‘जुन, जुलाई, अगस्ट र सेम्टेम्बरसम्म मनसुन थियो, त्यसयता अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुनको अवधि मानिन्छ’, मौसमविद् बासीले भनिन्, ‘डिसेम्बर, जनवरी र फेब्रुअरीलाई विन्टर मानिन्छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । यस्तै दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेभागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०८:२६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology