Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः आंशिकदेखि सामान्य बदली

आजको मौसमः आंशिकदेखि सामान्य बदली

इच्छाकामना न्युज

२१, कार्तिक २०७८
आजको मौसमः आंशिकदेखि सामान्य बदली
images

चितवन, २१ कार्तिक । हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन । आज बिहान पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

images
images

बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ ।

त्यस्तै आज राति प्रदेश १, बागमती र गण्डकीको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य प्रदेशको मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - ०७:४७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology