Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज तिहारको अन्तिम दिन भाइटीकाः दिदीबहिनीबाट दाजुभाइले टीका लगाउँदै

आज तिहारको अन्तिम दिन भाइटीकाः दिदीबहिनीबाट दाजुभाइले टीका लगाउँदै

images

इच्छाकामना न्युज

२०, कार्तिक २०७८
आज तिहारको अन्तिम दिन भाइटीकाः दिदीबहिनीबाट दाजुभाइले टीका लगाउँदै
images

चितवन, २० कार्तिक । आज कार्तिक शुक्ल द्वितीया । तिहारको मुख्य दिन, भाइटिका । हिन्दु नेपालीहरुले आज हर्षोल्लासपूर्वक आफ्ना दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउँदैछन । दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउँछन ।

यमपञ्चकको पाँचौंँ दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिन्छन । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिने परम्परा छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । आज भाइटीका लगाइदिनेले पूर्व र टीका ग्रहण गर्नेले पश्चिम फर्किएर लगाउँदा शुभ हुने शास्त्रीय मान्यता छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगानाले जानकारी दिए ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने परम्परा छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहि आएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७८ शनिवार - ०९:२१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology