Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोनाविरुद्ध खोप बनाउने वैज्ञानिकको अनौठो जीवनशैली

कोरोनाविरुद्ध खोप बनाउने वैज्ञानिकको अनौठो जीवनशैली

एजेन्सी

२९, कार्तिक २०७७
कोरोनाविरुद्ध खोप बनाउने वैज्ञानिकको अनौठो जीवनशैली
images

लण्डन । एक साताअघि प्रोफेसर उर साहिनलाई विज्ञान वृत्तबाहिर सीमितले मात्र चिन्दथे । अहिले उनी विश्वभर चिनिएका छन् ।

images
images

टेलिभिजनबाट मात्र पनि । तर उनलाई त्यो कुरा थाहा छैन । कारण बायोएनटेक जसको मूल्य अहिले अर्बौं डलर छ त्यसका धनी साहिनसित अहिलेसम्म टेलिभिजन छैन । उनी भन्छन्(उनी काममा मात्र ध्यान दिन्छन् ।

सोमबार फाइजरले बायोएनटेकसित मिलेर विकसित गरिएको कोरोनाभाइरस विरुद्धको खोप मानिसहरुमा कोरोना भाइरसको संक्रमण हुन नदिन ९० प्रतिशत प्रभावकारी भएको घोषणा गरेको थियो ।

स्काई न्युजका प्रतिनिधिले साहिनसित जुमबाट सम्पर्क गरेको थियो । भर्चुअल रुपमा पनि साहिन नम्र पाइएको स्काइ न्युजले बताएको छ । उनका सहकर्मीहरुले उनलाई ‘नम्र’ मानिस भनेर भन्ने गरेका छन् । बायोएनटेकको सफलताका वावजुद उनी कुनै अहम देखाउँदैनन् ।

स्काइ न्युजसित उनले खोपको परिणामबाट ‘राहत’ मिलेको प्रतिक्रिया दिए । तर आफ्नो सफलता वा व्यक्तिगत विजयका रुपमा लिएनन् ।

उनले विश्वभरका कम्पनीहरुसित सहकार्यमा जोड दिए । उनले आफ्नो ध्यान खोप र विज्ञानमा भएको तर प्रख्यात बन्नेमा नभएको बताए । ‘तर कामको मान्यता हुनु राम्रो हो’ उनी भन्छन् ।

यदि बायोएनटेकको खोपले नियामकहरुबाट मान्यता पायो भने साहिनको ख्यातिका साथै दौलत पनि चुलिने छ । उनी अहिले नै जर्मनीको १०० धनीको सूचीमा परिसकेका छन् । उनलाई स्काइ प्रतिनिधिले सोधेका थिए, ‘के तपाई अझै साइकलमै काममा जानुहुन्छ रु’ जवाफमा उनले भने, ‘अवश्य । यो जतिको राम्रो तरिका अरु छैन ।’

तर कार चलाउन उनीसित सवारीचालक अनुमति पत्र पनि त छैन ।

“के प्रसिद्धिले तपाईलाई परिवर्तन गर्ला” उनलाई सोधियो । उनले भने, “कदापि हुने छैन । म मध्यमवर्गीय परिवारको मान्छे हुँ र सामान्य जीवन जीउनु नै पूर्ण रुपमा राम्रो छ ।”

उनी चारवर्षकै उमेरदेखि जर्मनीमा बसिरहे पनि उनलाई टर्कीस आप्रवासीका बारेमा सोधियो । उनले भने, ” मैले टर्कीस आप्रवासीबाट धेरै शुभकामनाहरु पाइरहेको छु किनकी यो उपलब्धीले उनीहरुलाई पनि गौरव गर्ने बनाएको छ । कारण आप्रवासीलाई श‌ंकाको दृष्टिले पनि हेरिन्छ ।”

“आप्रवासीहरु यस्ता उपलब्धीले उनीहरुप्रतिको हेराइ परिवर्तन गर्न सहयोग पुग्ने ठान्छन्” उनले भने ।

उनी उनले विकास गरेको खोप डिसेम्बरको दोस्रो साताबाट लगाइने आशा गर्छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १९:५०:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology