Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै 

रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै 

images

एजेन्सी

१४, कार्तिक २०७८
रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै 
images

रुसमा कोरोनाका कारण मृत्यु हुनेदर बढ्दै गएपछि थप कडाई गरिने भएको छ । पछिल्लो एक सातादेखि रुसमा दैनिक १ हजारभन्दा बढीको दरले कोरोना सङ्क्रमणका कारण मृत्यु हुन थालेको छ । जसका कारण रुस सरकारले राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा कडाई गर्ने भएको हो ।

रुसमा गत २४ घन्टामा मात्रै १ हजार १ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३७ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको छ । यस्तै रुसमा कोरोनाका कारण सङ्क्रमित हुनेदरपनि बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै ४० हजार २ सय ५१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै रुसमा कोरोनाका कारण हालसम्म ८ लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक रुस भएपछि पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण राजधानी मस्कोमा लकडाउनको घोषणा गरिएको छ भने अन्य सहरहरूमा पनि प्रतिबन्ध जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मानिसहरूलाई अनावश्यक हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०९:३०:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology