Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै 

देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै 

इच्छाकामना न्युज

१४, कार्तिक २०७८
देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै 
images

चितवन, १४ कार्तिक । आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् ।

images
images

अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।

सामान्यतया दिउँसो र राति मौसम सफा हुँदा बिहानको तापक्रम घट्छ । केही दिनयता राति मौसम सफा हुँदा देशभरी नै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै गएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

महाशाखाका अनुसार हिजो जुम्लाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जोमसोमको ३ दशमलव ५ डिग्री सेल्सियस र जीरीको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । 

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०९:२९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology