Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखकाली रबर उद्योगको मैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु हुदै 

गोरखकाली रबर उद्योगको मैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु हुदै 

स्वर्गीय काजी भूजेल र सोमबहादुर गुरुङ्गको स्मृतिमा खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता संचालन हुने

images

इच्छाकामना न्युज

१३, कार्तिक २०७८
गोरखकाली रबर उद्योगको मैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु हुदै 
images

आँबुखैरेनी, १३ कार्तिक । स्वर्गीय काजी भूजेल र सोमबहादुर गुरुङ्गको स्मृतिमा आजदेखि खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु हुदैछ । रामशाह युवा समितीको आयोजनामा गोरखकाली रबर उद्योगको खेल मैदानमा आजदेखि खुल्ला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता अन्तर्गत आज उद्घाटनको दिनमा ३ खेल हुने भएको छ । पहिलो खेल दिउँसो १ बजे आयोजक रामशाह युवा क्बल ए र बी वाई सी क्लब चण्डीभन्ज्याङ्गबीच खेल हुनेछ । यस्तै, आजको दोस्रो खेल दिउँसो २ बजे धौलागिरी मुग्लिन फुटबल क्लब र होमिज फुटबल क्लबबीच खेल हुनेछ । 

यसैगरी, आजको तेस्रो खेल दिउँसो ३ बजे योङ्ग स्टार क्लब बेतेनी र दि ओसियन युवा क्लब लक्ष्मीबजारबीच खेल हुने आयोजकले जानकारी दिएको छ । ४४ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, ट्रफि मेडल, प्रमाणपत्र, द्धितीय हुने टिमले नगद ३० हजार ट्रफि, मेडल, प्रमाणपत्र र सेमिफाईनलमा पुग्ने टिमले नगद १०÷१० हजार प्राप्त गर्ने छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - १०:१९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology